काँग्रेस महाधिवेशनअन्तर्गत शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै, शुक्रबार सुरु भयो बन्दसत्र  

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।  शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन सत्र सम्पन्न गरेको कांग्रेसको बन्दसत्र आजै राति ८ बजेबाट सुरु भएको हो ।  
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले शनिबारदेखि निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले आजै बन्दसत्र सुरु हुने जानकारी दिए । उनले बन्दसत्रमा सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  २०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार