उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं, २४ मंसिर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक सुरु भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार साँझ बैठक बसिरहेको हो ।

महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन् । 

महाधिवेशनमा साझा उम्मेदवार चयनका लागि उनीहरु छलफलमा जुटेका हुन् । उक्त बैठकमा सभापतिका दाबेदारहरु सबै सहभागी हुने बताइएको छ।

इतर पक्षमा चार जना सभापतिका आकांक्षी रहेका छन् । रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबेदारी प्रस्तुत गरिरहँदा इतर पक्षले सभापतिको टुंगो लगाउन सकेको छैन । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार