सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २४ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभयोगको संयोग पारेर उद्घाटन समय निर्धारण गरिएको ज्योतिष सुरेशचन्द्र रिजालले जानकारी दिएका छन् ।
रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका ज्योतिष पनि हुन् । उनले नै देउवालाई सातपटकसम्म प्रधानमन्त्री हुने योग रहेको भविष्यवाणी गरेका थिए । ज्योतिषीलाई साइत हेराएरै कांग्रेस महाधिवेशन शुक्रबार ठीक १ बजे उदघाटन गर्न लागिएको छ ।
पञ्चांगअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको छ । यो महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग रहेको रिजालले जानकारी दिए ।
कांग्रेस महाधिवेशन उद्घाटन ज्योतिषीय साइतमा
नेपाली कांग्रेसले आज शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनको उद्घाटन ज्योतिषीय साइतमा गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको साइत शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।
‘कांग्रेस महाधिवेशन उद्घाटनको साइत मैले हेरिदिएको हुँ,’ उनले भने, ‘शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको छ ।’ महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभ योगको संयोग पारेर समय निर्धारण गरिएको उनले बताए ।
महाधिवेशन उद्घाटन पञ्चाङ्गअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको ज्योतिष रिजालले बताए । उनका अनुसार महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग पनि रहेको छ ।