सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २४ मंसिर । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका छन् । नेता सिंहले शनिबार उम्मेदवारी तथा अवधारणा सार्वजनिक गर्ने भएका छन् । बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँगै रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उनले अवधारणा सार्वजनिक गर्न लागेका हुन्। महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन थापाले बिहीबार आफ्नो अवधारणापत्र सार्वजनिक गरेका थिए । सिंहले अवधारणापत्र सार्वजनिक गर्ने तयारी गरिरहँदा संस्थापन इतर पक्षमा साझा उम्मेदवार चयनका लागि प्रयास भने जारी छ ।