कांग्रेस महाधिवेशन : ४३१९ प्रतिनिधि छनोट

बुधबार, मंसिर २२, २०७८

काठमाडौं, २२ मंसिर : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् ।

कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार