ओलीले एमाले सिध्याएर नारायणी नदीमा तिलाञ्जली दिए : अध्यक्ष नेपाल 

मंगलबार, मंसिर २१, २०७८

इनरुवा, २१ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको टिप्पणी गरेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकामा आज पार्टीको १ नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले ओलीवादले एमाले समाप्त भइसकेकाले पार्टीभित्र रहेका नेता कार्यकर्ताको कन्तबिजोग हुने दिन छिट्टै आउने बताए । 
अहिले एमालेभित्र रहेका नेता कार्यकर्तालाई समस्या भइरहेको भन्दै उहाँले एमाले नछोडे उनीहरूको समस्या झन् बढ्दै जाने बताए । 
एमालेको राष्ट्रिय भेलालाई कुम्भ मेलाको संज्ञा दिँदै अध्यक्ष नेपालले एमालेको हविगतका कारण पार्टीको झण्डा बोक्ने कार्यकर्तासमेत नहुने ठोकुवा गरे । चितवनमा गैँडालाई थमाइएको पार्टीको झण्डा छिट्टै अब बाँदरले बोक्ने दिनसमेत आउने उनको भनाइ थियो ।
ओलीको एमालेभन्दा आफ्नो पार्टी देशभर सदृढ बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईसहितका पार्टीका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार