प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र 

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं, २१ मंसिर  : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । 

भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको १७ वटा आरोप लगाइएको छ । 

बारले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सोही ज्ञापनपत्र बुझाएको थियो । जबराको राजीनामा माग्दै निरन्तर बार आन्दोलनमा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार