प्रकाशमानले खोले सम्पर्क कार्यालय, आजदेखि कार्यकर्ता भेट्ने

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् ।

महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मुल गेट अगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका हुन् ।  

कार्यालयबाट प्रकाशमानले आज विहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्नेछन् । प्रकाशमानको सचिवालयले भेटघाटमा लागि आउने नेता कार्यकर्तालाई सम्पर्क कार्यालयमा आउन अपिल गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार