कांग्रेस महाधिवेशनमा पौडेल समूहले सभापतिमा साझा उम्मेदवार बनाउने

सोमबार, मंसिर २०, २०७८

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उम्मेदवार बनाउने समझदारी गरेका छन् ।

सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएको हो ।

पौडेल समूहबाट पौडेलसहित, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा आकांक्षी छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  २०:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार