कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित

सोमबार, मंसिर २०, २०७८

काठमाडौं : नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ हजार ५८ मतका साथ विजयी भएका छन् ।

२०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो । 

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार