कांग्रेस बागमती प्रदेशमा बानियाँको अग्रता

आइतबार, मंसिर १९, २०७८

काठमाडौं, १९ मंसिर : नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा एक हजार मत गणना हुँदा इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।

मत गणनाको सुरुवाति चरणमा अग्रता लिएका जगदिश्वर नरसिंह केसीलाई पछि पार्दै बानियाँले अग्रता लिएका हुन् ।

एक हजार मत गणना हुँदा बानियाँले ५ सय २६ र केसीले ४ सय ७० मत ल्याएका छन् । 

कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार