सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले आफू काँचो नेतृत्वको पक्षमा नरहेको बताएका छन् । उनको यो भनाई महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार दिएका राजेन्द्र लिङ्देन प्रति लक्षित छ । राप्रपाको महाधिवेशनमा मतदान जारी रहँदा अध्यक्ष राणाले सामाजिक सन्जालमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् । ‘कुनै कूतत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर कीर्ते पोस्ट गर्या देखेँ’ राणाद्वारा जारी हस्तलिखित विज्ञप्तिमा भनिएको छ, ‘यो सरासर झुट कुरा हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रस्ट पार्न चाहन्छु ।’ राप्रपाको काठमाडौंमा जारी महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापा तथा प्रतिनिधिसभामा झापाबाट प्रतिनिधित्व गरेका राजेन्द्र लिङदेन प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् । महाधिवेशनमा नेतृत्व छनोटका लागि मतदान जारी छ ।