कांग्रेस बागमती सभापतिमा प्रधान, जोशी र बानियाँको उम्मेद्‌वारी, मतदान जारी

शनिबार, मंसिर १८, २०७८

मकवानपुर, १८ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, गोविन्दराज जोशी र ईन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो । 
उम्मेद्‌वारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने जोशी र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् । 
प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक केशवप्रसाद काफ्लेका अनुसार सभापतिमा  शनिबार बिहान ९ बजेदेखि मतदान सुरु  भएको छ । प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका २ हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार