मंसिर २८ गते संसद् अधिवेशन आह्वान

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं : राष्ट्रपति विद्यदेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्‍ने गरी आह्वान गरेकी हुन् ।

यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार