प्रदेश २ का ८ जिल्लासहित १६ जिल्लामा कांग्रेसको अधिवेशन स्थगित

१४औं महाधिवेशनपछि मात्रै हुने
बिहीबार, मंसिर १६, २०७८

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो । ‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी रहेको छ । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ । अहिलेसम्म ६१ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भएको छ । प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी, बागमतीको चितवन, लुम्बिनीको बाँके र सुदूरपश्चिमको कैलालीमा जिल्ला अधिवेशन हुन सकेको छैन ।
कांग्रेसको महाधिवेशन २४–२७ मंसीरमा काठमाडौं हुने तय भएको छ। आज प्रदेश अधिवेशन भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १३:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार