ललितपुरबाट अमात्य, राणा, बस्नेत र केसीद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

बुधबार, मंसिर १५, २०७८

काठमाडौं, १५ मंसिर : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ललितपुरबाट तीन नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेमा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, कांग्रेस ललितपुरका निवर्तमान सभापति मदन अमात्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा छन् ।
बस्नेत र अमात्यले पहिलोपल्ट केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् । राणाले १३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । 
ललितपुरबाट ओमकारप्रसाद श्रेष्ठबाहेक कांग्रेस केन्द्रीय समितिमा अहिलेसम्म अरु आउन सकेका छैनन् । कांग्रेसको १३औं महाधिवेशनमा ललितपुरबाटै नेता रामकृष्ण चित्रकारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । तर, उनी विजयी हुन सकेनन् । 
यसपटक भने तरुण दलका वर्तमान अध्यक्ष बस्नेत, तरुण दलका पूर्वअध्यक्ष राणा र कांग्रेस ललितपुरका निवर्तमान सभापति अमात्य कांग्रेस केन्द्रीय कमिटीमा आउने प्रयासमा छन् । केन्द्रमा तीनै नेता पार्टी सभापति शेरबहादुर देउवा निकट छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार