राप्रपाको मञ्चमा सिपी मैनालीले गरे राजाको तारिफ 

बुधबार, मंसिर १५, २०७८

काठमाडौं, १५ मंसिर । नेकपा मालेका महासचिव सिपी मैनालीले २००७ सालयता मुलुकमा बाह्य हस्तक्षेप भित्रिएको बताएका छन् ।  भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले २००७ सालबाट सुरु भएको बाह्य हस्तक्षेप २०४६ सालपछि निकै बढेको बताए । तर, बाह्य हस्तक्षेपलाई तत्कालीन राजा महेन्द्र र वीरेन्द्र शाहले अन्त्य गरे पनि अहिलेका नेताहरू बोल्नसमेत नसकेको उनको भनाइ छ । पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालमा बाह्य हस्तक्षेप अचाक्ली बढे पनि नेताहरू बोल्न नसकेको भन्दै उनले भने, ‘यसबाट देशलाई मुक्त गराउन अब देशभक्त एकजुट हुनुपर्ने भएको छ । देशभक्त एक ठाउँमा उभियौँ । देशको जल्दाबल्दा समस्या समाधान भने जुनसुकै विचारधाराका भए पनि एक ठाउँमा हौँ ।’ माओवादी युद्ध असफल भएको टिप्पणी गरेका उनले अहिले नेपालमा भारतीय र युरोपियन युनियनको हस्तक्षेप बढेको बताएका हुन् । 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार