अध्यक्षको दौडबाट पछि हट्न कमल थापालाई लिङ्देनको आग्रह 

बुधबार, मंसिर १५, २०७८

काठमाडौं, १५ मंसिर । राप्रपाका महामन्त्री तथा अध्यक्ष पद उम्मेदवार राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्वले पार्टीकै अस्तित्व संकटमा पारेको आरोप लगाएका छन् । भृकुटीमण्डपमा भइरहेको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीले तीन प्रतिशतसम्म मत ल्याउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेकोमा रोष व्यक्त गरे ।  सरकारमा जाने र पार्टीको हैसियत गिराउने कामले राष्ट्रिय पार्टी बन्न नसकेको बताउँदै उनले कमल थापालाई अध्यक्षको दौडबाट हटेर आफूलाई सहयोग गर्न आग्रह गरे । प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबराले आफूलाई समर्थन गरिसकेको घुमाउरोशैलीमा जानकारी दिँदै लिङ्देनले अध्यक्षत्रयको पार्टीमा अझै भूमिका रहेको भए पनि नेतृत्व नयाँ पुस्तामा जानुपर्ने बताउँदै आफूलाई सहयोग गर्न थापासँग आग्रह गरे । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार