एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित

मंगलबार, मंसिर १४, २०७८

चितवन, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् ।  चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।  उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् । पाण्डेले १९२५, नेम्वाङले १८६५, पाैडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याएका छन् ।  तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७२५ मत पाएका छन् ।  एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराएका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार