एमाले अध्यक्षमा भारी मतले ओली विजयी : ओलीको पक्षमा १८०८ मत, रावलले पाए २१३ मत 

मंगलबार, मंसिर १४, २०७८

चितवन, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो ।  नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८०८ मत खस्दा रावलले २१३ मत पाए । साथै नाे भाेटमा ७५ मत खसेकाे छ । यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।  यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार