एमाले केन्द्रीय सदस्यमा जुट्यो सहमति

सोमबार, मंसिर १३, २०७८

चितवन, १३ मंसिर : एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सहमति जुटेको छ । ५३ खुला केन्द्रीय संख्यामा ५४ जनाको उम्मेदवारी परेपछि नेताहरूले सहमतिको प्रयास गरेका थिए ।

अर्चना गहतराजले खुला केन्द्रीय सदस्यमा नाम फिर्ता लिएसँगै सहमति जुटेको हो । केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिन नमानेपछि नेतृत्व अप्ठ्यारोमा परेको थियो ।

यसअघि केन्द्रीय सदस्यमा सर्वसम्मत हुन नसकेपछि अन्तिम नामावली प्रकाशनमा ढिलाई भएको थियो । केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिन नमानेपछि अफ्ठ्यारो भइरहेको थियो । यही कारण निर्वाचन कार्यतालिका प्रभावित भएको एमाले निर्वाचन आयोगले जनाएको छ । राति नै मतदान हुने सम्भावना कम रहेको बताइएको छ । केपी शर्मा ओली भने अझै पनि केन्द्रीय सदस्यमा नेताहरूबीच सहमति गराउने प्रयासमा छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार