एमाले महाधिवेशनः दलित र मधेसी महिलातर्फका १० केन्द्रीय सदस्य निर्विरोध 

सोमबार, मंसिर १३, २०७८

चितवन, १३ मंसिर । एमालेको १०औं महाधिवेशनबाट दलित महिला सदस्यतर्फका चार जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।  निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार दलिततर्फका चार जना केन्द्रीय सदस्यमा विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित भएका हुन् ।  चार सदस्यमध्ये चार जनाको मात्र मनोनयन दर्ता भएका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।  दलित पुरुषतर्फका आठ जना केन्द्रीय सदस्यमा ११ जनाको मनोनयन दर्ता भएको छ । मधेसी महिला क्लस्टरका ६ जना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार सो पदका लागि कमलादेवी महता, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी शाह, शिला यादव र सरिताकुमारी गिरी (यादव)को मात्र मनोनयन दर्ता भएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, थारु क्लस्टरका खुला पाँच केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ । थारु महिला क्लस्टरका दुई जना केन्द्रीय सदस्यका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् ।  मुस्लिमतर्फका चार केन्द्रीय सदस्यका लागि पाँच जनाको मनोनयन दर्ता भएको छ । जनजाति महिला क्लस्टरबाट निर्वाचित हुने आठ जना केन्द्रीय सदस्यका लागि नौ जनाको उम्मेदवारी दर्ता भएको छ । मधेसी क्लस्टरका १३ जना खुला सदस्यमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार