अध्यक्षको उम्मेदवारीबाट एमालेलाई ३० हजार आम्दानी

सोमबार, मंसिर १३, २०७८

काठमाडौं, १३ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा केपी ओली र भीम रावलले उम्मेदवारी दर्ता गराउँदा ३० हजार रुपैयाँ आम्दानी भएको छ । अध्यक्षका उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगले तोकेको शुल्क १५ हजार रुपैयाँ बुझाउँदा एमालेलाई ३० हजार आम्दानी भएको हो । निर्वाचन आयोगले अध्यक्षका उम्मेदवारले १५ हजार बुझाउनुपर्ने नियम बनाएको थियो । अध्यक्षमा ओली र रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार