सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १३ मंसिर । नेकपा एमाले अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम अध्यक्ष मण्डलमा छलफल गरेपछि बन्दसत्रमा पेस गर्ने कार्यतालिका रहेको छ । सोही अनुरुप अध्यक्ष मण्डलको बैठक बसेको हो ।
चितवनमा तीन दिनदेखि जारी १०औं महाधिवेशनको तेस्रो दिन ११ घन्टा ढिलो गरि सुरू बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक सुरू भएको हो ।
अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवाली, शेरबहादुर तामाङसहितलगायत ११ जना छन् । ओलीले उक्त बैठकमा प्रस्तावित नामवली पेश गरिरहेका छन् ।
अध्यक्ष मण्डलको बैठक जारी, भीम रावल पनि उपस्थित
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नाम अध्यक्ष मण्डलमा छलफल जारी छ ।
सौरहा, चितवनमा तीन दिन देखि जारी १० औं महाधिवेसनको तेस्रो दिन ११ घन्टा ढिलो गरि सुरू हुन लागेको बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक जारी राखिएको हो ।
अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा,युवराज ज्ञवाली, शेरबहादुर तामाङसहित ११ जनाले छलफल गरिराखेका छन् ।