एमाले महाधिवेशन बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताबाट नाराबाजी

सोमबार, मंसिर १३, २०७८

काठमाडौं, १३ मंसिर । नेकपा एमालेको बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन् ।

महाधिवेशन के भन्छ, केपि ओली ले भन्छ, पार्टि फुटाउने होसियार, अघि बढ केपी वा, आजलाई हैन भोलिलाई १० बर्ष ओलिलाई भन्दै कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका छन् ।

ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् ।

केपी ओलीको पक्षमा बन्दसत्र हलमा नाराबाजी

नेकपा एमालेको १०औं महाधिवेसनको दोस्रो दिन ११ घन्टा ढिला गरि सुरू भएको छ ।

पहिलो दिनको बन्द सत्रले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित ३ सय १ सदस्सीय केन्द्रीय कमिटी सदस्यको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो ।

बन्दसत्र हलवाट प्राधिकम पाएका अध्यक्ष ओलीले केही बेरमा १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम घोषणा गर्नेछन् । उक्त प्रस्तावलाई अनुमोदन गर्ने कि नगर्ने महाधिवेसन प्रतिनिधिले निर्णय लिने छन् ।

३ सय १ सदस्सीय नाम लिएर ११ घन्टा पछि बन्दसत्र हलमा प्रवेश गरेका ओलीलाई कार्यकर्ताहरूले नाराबाजी गर्दै समर्थन जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०६:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार