भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार

आइतबार, मंसिर १२, २०७८

काठमाडौं, १२ मंसिर : नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए ओली चुनावमा जान तयार देखिएका छन् ।

एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमति बाहेकका पदका लागि चुनाव गर्न तयार देखिएका हुन् ।

ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहेका छन् । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने मनस्थिति बनाएको स्रोतले बताएको छ ।

ओली ११ घन्टा ढिलो गरी बन्दसत्र स्थलतर्फ प्रस्थान

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ लागेका छन् ।  बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका हुन् ।

ओली निकट स्रोतका अनुसार ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार