पौडेलको गृह जिल्ला तनहुँमा देउवा निकट आले विजयी

आइतबार, मंसिर १२, २०७८

काठमाडौं, ११ मंसिर : नेपाली कांग्रेस तनहुँ जिल्ला सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । रामचन्द्र पौडेल निकटका बैकुण्ठ न्यौपानलेलाई १ सय ६४ मतले पराजित गर्दै आले विजयी भएका  हुन् ।  देउवा निकट आलेले ९ सय ९ मत पाउँदा न्यौपाने भने ७ सय ४५ मतमा सिमित हुनु परेको छ । न्यौपानेले दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिए पनि आलेले अन्तत: बाजी मारेका हुन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  २१:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार