सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १२ मङ्सिर । पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ तथा दुई हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख १६ हजार ३५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३४२ जना निको भएर घर फर्किएसँगै हालसम्म आठ लाख दुई हजार ३८९ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९६६ छ । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेशनमा र ३७७ जना संस्थागत आइसोलेशनमा छन् । कोरोनाका बिरामीमध्ये १७१ जना आइसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् । १० वर्ष मुनिका तीन बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उघारदेखि २० वर्ष उमेर समूहका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ ।
सुदूरपश्चिममा नौ जना कोरोनाबाट मुक्त सुदूरपश्चिम प्रदेशमा आज थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार महाकाली अस्पतालमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर नौ जना कोरोनाबाट मुक्त भएका छन् । उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन् । यसअघि शनिबार प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म १०९ जनाको ज्यान गइसकेको छ ।