सोसल मिडिया
Contact Us
युनिकोड
उदयपुर, १२ मंसिर : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कटारी नगर कमिटीको दोस्रो अधिवेशनले मणिराज दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । माओवादी केन्द्रको देशै भरी एकै पटक पालिका स्तरीय अधिवेशन भएको थियो ।
उपाध्यक्षमा केदार कोइराला, कमल श्रेष्ठ, विवेक श्रेष्ठ, सचिवमा यम्बरबहादुर कटुवाल (वासु), सहसचिवमा मिना कोइराला, कोषाध्यक्षमा योगेन्द्र दनुवार चयन भएको नेकपा माओवादी केन्द्र उदयपुरले जनाएको छ ।
ताप्ली गाउँपालिकामा पोखरेल निर्वाचित
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ताप्ली गाउँपालिकाको दोस्रो अधिवेशनले गुरुप्रसाद पोखरेलको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । माओवादी केन्द्रको देशैभरि एकै पटक पालिका स्तरीय अधिवेशन भएको थियो ।
ताप्ली गाउँपालिकाको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसमा उपाध्यक्ष फत्त ज्यु ठकुरी, महिला उपाध्यक्षमा रेनुका बुढाथोकी, उपाध्यक्षमा गोकुल सेन, सचिवमा भोजराज मगर, सहसचिव चित्रबहादुर मगर र कोषाध्यक्षमा अमृतामाया बिक चयन भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रको बेलका नगर अध्यक्षमा तामाङ निर्वाचित
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बेलका नगरपालिकाको दोस्रो अधिवेशनले मनोज तामाङको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नेपाल माओवादी केन्द्रको देशैभर एकै पटक पालिका स्तरीय अधिवेशन भएको थियो ।
बेलका नगरपालिकाको उपाध्यक्षमा जयकुमार राई, मिश्रिलाल मेहता, लेखबहादुर परियार, सचिवमा भरत घिमिरे, सहसचिवमा पवित्रा राई, कोषाध्यक्षमा हरि जोशी चयन भएको छन् ।