बन्द सत्र साँझ ७ बजेदेखि : बाँस्कोटा 

आइतबार, मंसिर १२, २०७८

चितवन, १२ मंसिर : नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन् । उनले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताएका छन् । 

अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आएका थिए । उनीहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार