सोसल मिडिया
Contact Us
युनिकोड
चितवन, ११ मंसिर । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले भने ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं ।’
उनले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि वढाएको भन्द नेता र कार्यकर्तालाई धन्यवादसमेत दिए । ‘म कति बाँच्छु भन्न सक्दिन, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु,’ ओलीले बन्द सत्रमा भने ।
१०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताए ।
ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भने, ‘एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं । जनताले यहाँ पुर्याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरूपयोग भएको छ । दढ भएर सामना गर्नुपर्नेछ ।’
उनले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताए । उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताए ।
'राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ' अध्यक्ष ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । बन्द सत्रमा उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।
'एमालेका नीति नै राष्ट्रिय नीति हुन्'
बन्द सत्रमा ओलीले आफ्नो पार्टीका नीतिहरूनै राष्ट्रिय नीति भएकोको बताएका छन् । 'आज एमालेका नीति नै राष्ट्रिय नीति हुन्। पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो। गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन। यो पनि उसको गल्ती हो', उनले भने ।
प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको ओलीको आरोप छ । ुहामी सुखी नेपाली, समृद्ध नेपालको अभियानमा छौं । समृद्धि सामाजिक समानता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रहेका शक्तिसँग एकता हुन्छ । यसविरुद्धका प्रतिक्रियावादी शक्तिसँग कठोर संघर्ष गर्छौुं, ओलीले भने ।
'प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो' एमाले अध्यक्ष ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताए ।
राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए । शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताए । एमाले यस्तो वस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताए ।
ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडे
एमाले अध्यक्ष केपी ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडेका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा लामो बोलेपछि विदेशी पाहुनाहरू ओलीको सम्बोधनकै क्रममा कार्यक्रम स्थलबाट बाहिरिएका छन् ।
कम्बोडिया, बंगलादेश, श्रीलंकाका भारतका कम्युनिस्टसहित विभिन्न पार्टीका नेता हिँडेका हुन् । उनीहरूलाई विदेश विभाग प्रमुख राजन भट्टराईले गेटसम्म छोडेका थिए।
ओली बोलिरहँदा विदेशी प्रतिनिधिले जाने भनेपछि उनले सम्बोधन रोकेर पाहुनाको बिदाइ गरिसकेपछि फेरी बोल्न सुरु गरेका छन् । उता ओलीले लामो समय बोल्दा प्रतिनिधिहरू पनि टेन्ट बाहिर गफ गरिरहेका छन् ।
ओलीले लामो भाषण गर्न थालेपछि प्रतिनिधिहरू अध्यक्षका प्रत्यासी भीम रावलसँग कुरा गर्न व्यस्त छन् ।