सोसल मिडिया
Contact Us
युनिकोड
नुवाकोट, ११ मङ्सिर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन् । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल विजयी भएको छ । सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा.केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे । उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन् । शुक्रबार भएको मतदानको आज परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ । सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुन् । उनका प्रतिस्पर्धी डा. केसी अर्जुननरसिंह केसीका भाइ हुन् ।