सोसल मिडिया
Contact Us
युनिकोड
चितवन, ११ मंसिर । एमालेको १०औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन् ।
दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञसामा रावलले भने, ‘अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन ।’ उनले अफ्नो उम्मेदवारी कायम रहेकोसमेत बताएका छन् ।
नेता रावलले महाधिवेशनको बन्दसत्र ढिलाइ भएकोमा आक्रोशसमेत व्यक्त गरे । अध्यक्ष ओलीको कार्यक्रममा ढिलो आउने बानीका कारण समस्या भएको भन्दै उनले समयमै चल्न ओलीलाई सुझावसमेत दिएका छन् । बन्दसत्रका प्रतिनिधिसँग रावलले मत माग्न थालिसकेका छन् ।
यी हुन् एमालेको दशौं महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्यका आंकाक्षी
एमालेको दशौं महाधिवेशनमा कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा आकांक्षी धेरै देखिएका छन् । कर्णाली प्रदेशबाट भूगोल केन्द्रीय सदस्यमा झन्डै एक दर्जनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने तयारी गरेका हुन् ।
भूगोलबाट विष्णु रिजाल, गोरख बोगटी, निरज आचार्य, गुलाबजंग शाह, मोहन बानियाँ, लक्ष्मी पोखरेल, राजबहादुर बुढा, नगेन्द्रबहादुर शाही, धर्मराज रेग्मी, योगेन्द्र शाही, दल रावल, दल फडेरालगायत डेढ दर्जनभन्दा बढी आकांक्षी रहेका छन् ।
महिलातर्फ तीर्था गौतम, लक्ष्मी शाह, मोहनमाया ढकाल, कौशिला खत्री, दीपा शर्मा, पदमा खड्कालगायत आकांक्षी छन् ।
सचिवमा यामलाल कँडेलले उम्मेद्वारी घोषणा गरिसकेका छन् । धेरै नेताहरूले पदाधिकारी बन्ने आकांक्षा राखेपछि एमालेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरिसकेको छ ।