सोसल मिडिया
Contact Us
युनिकोड
चितवन, ११ मंसिर : नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो । बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छ ।
केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् । बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना शन्देस पढेर सुचाइने कार्यक्रम छ । बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।
देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो : गोकुल बासकोटा
नेकपा एमलेका नेता गोकुल बास्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय नहुने कुरै नभएको बताएका छन् ।
उनले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहेको भन्दै कार्यकर्तमाथि बुट बजारिने बताए ।
‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो । तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ । ओलीमय छ । एमाले त ओलीमय भइहाल्यो नि,’ भीन रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बासकोटाले भने ।
नेता बासकोटाले एमालेलाई ठिक हुन्छ आफ्नो उम्मेदवारी त्यही हुने उनले बताए । ‘मेरो उम्मेदवार एमालेलाई जहाँ ठिक हुन्छ त्यहीँ । सर्वसम्मत एमालेले बनाउने, चुनाव भए कार्यकर्ताले बनाउने छन्,’ उनले भने ।