सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, ११ मंसिर । नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि बिहान ८ बजेबाट सुरु भएको मतदान सम्पन्न भएको छ । जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको थियो । दिउँसो साढे २ बजेसम्म मतदानको समयसीमा तोकिएको थियो । सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । उपसभापतिमा गजेन्द्र महर्जन, खोमप्रसाद घिमिरे, कर्म व्यञ्जनकार र सुदर्शन घिमिरेको उम्मेदवारी परेको छ । सचिवमा अमिर बज्राचार्य, कृष्णभक्त महर्जन, राजनप्रसाद घिमिरे, वशिष्टप्रसाद अधिकारी र विष्णुप्रसाद तिमल्सिना प्रतिस्पर्धामा छन् । सहसचिवमा अमृतबहादुर महर्जन,ऋषिदेव फूयाँल, गणेश केसी र नवीन्द्रदेव सिंहको उमम्देवारी छ ।