कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्दै भीमसेनदास प्रधान

शनिबार, मंसिर ११, २०७८

काठमाडौं, ११ मंसिर : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने भएका छन् । नेता प्रधानले शनिबार दिउँसो ३ बजे रत्नपार्कको शान्तिबाटिकामा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी १६ र १७ मंसिरमा प्रदेश अधिवेशन हुँदैछ । सोही प्रयोजनका लागि प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

काठमाडौं कांग्रेसका पूर्वसभापतिसमेत रहेका प्रधान नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । पछिल्लो समय प्रधानको निकटता कांग्रेस सभापति शेरबहादुर देउवासँग बढेको छ । 

कांग्रेस नेता इन्द्रबहादुर बानियाँले पनि बागमती प्रदेशको सभापतिमा उठ्ने बताएका छन् । उनी मकवानपुर कांग्रेसका सभापतिसमेत हुन् । हाल उनी कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता पनि छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार