सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ११ मंसिर । ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान जारी छ । शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर कांग्रेस सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको थियो । जसअनुसार पूर्वसभासद् रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् । चित्रकारको सभापतिसहित छुट्टै प्यानल छ । तर, महर्जन र श्रेष्ठले सभापतिमा प्रतिस्पर्धा गरे पनि बाँकी पदाधिकारी र सदस्यमा दुवैको समान उम्मेदवार छन् । चित्रकारलाई वर्तमान सभापति मदन बहादुर अमात्य, पूर्वसांसद चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको साथ छ । उता, महर्जनलाई कांग्रेस नेता उदयशमशेर राणा, तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतको समर्थन छ । श्रेष्ठलाई प्रकाशमान सिंहको समर्थन छ । तीनजना उम्मेदवार उत्तिकै सशक्त रहेकाले पहिलो राउन्डमै नतिजा नआउने र दोस्रो चरणमा चुनावमार्फत परिणाम आउने कांग्रेस नेताहरू बताउँछन् ।