माधव नेपाल कुन्ठाले सानो पार्टीको अध्यक्ष हुनुभयो : गोकर्ण विष्ट

शुक्रबार, मंसिर १०, २०७८
काठमाडौं, १० मंसिर : नेकपा एमालेका नेता गोकर्ण विष्टले १०औं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्। केन्द्रीय समितिको बैठक बस्ने भनिएको जंगल क्राउन रिसोर्टमा सञ्चारकर्मीसँग कुरा गरदै उनले उक्त कुरा बताएका हुन् ।

'सधै भाडभेलो नगरौं । मेरो ब्रह्मले पदाधिकारी थपेर एकताको महाधिवेशन हुन्छ भन्ने देखेको छ,' उनले भने । 

फरक प्रसंगमा बोल्दै नेता विष्टले माधवकुमार नेपालले एमालेमै रहेको चुनाव लडेको भए हुने प्रतिक्रिया जनाएका छन् । उनले नेता नेपाललाई कुन्ठाले सानो पार्टीको अध्यक्ष भएको बताएका छन् ।

यस्तै नेता विष्टले आफ्नो कुनै पदमा दाबी नरहेको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  २२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार