सोसल मिडिया
Contact Us
युनिकोड
धनुषा, १० मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धनुषाको आठ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा नेतृत्व चयन भएको छ । धनुषाका ७ क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमतिमा नेतृत्व चयन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेशशङकर गिरीले जानकारी दिए । चयन भएका नेतृत्वमा क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १ (ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित भए । क्षेत्र १ (क) मा सहमतिमै नेतृत्व चयन भए पनि १९ख० मा सहमति नजुटे पछि निर्वाचन प्रक्रियाबाट क्षेत्रीय सभापतिमा लामाले २२५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी मदन यादवले ७५ प्राप्त गरे । धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) मा पनि सहमतिमै नेतृत्व चयन भएको छ । उक्त क्षेत्रमा सुजित साह सभापतिमा निर्वाचित भए । क्षेत्र नम्बर २ (ख) मा सहमतिको प्रयास जारी रहेको र सहमति जुट्न नसके मतदान प्रक्रियामा जाने तयारी भएको धनुषा सभापति गिरीले बताए । धनुषा ३ को दुवै निर्वाचन क्षेत्रमा पनि सहमति मै नेतृत्व चयन भएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३९क० मा छेदी राउत र ३९ख० मा रामचन्द्र पजियार प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि सहमति मै नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नम्बर ४९क० मा योगनारायण यादव र ४९ख० मा बासुदेव पौडेल प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो । प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै मंसिर १२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको जिल्ला निर्वाचन सचिवालय प्रमुख रामगुलाम कर्णले जानकारी दिए । धनुषामा चारवटा निर्वाचन क्षेत्र छन् ।