सोसल मिडिया
Contact Us
युनिकोड
गुल्मी, १० मंसिर : नेपाली कांग्रेस गुल्मीको जिल्ला अधिवेशशन तम्घासको बालमन्दिरमा सुरू भएको छ । कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले शुक्रबार अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशन भोलिसम्म जारी रहनेछ । क्षेत्र नम्बर १ बाट नौ सय ३९ र क्षेत्र नम्बर २ बाट आठ सय २७ जना गरेर १७ सय ६६ जना प्रतिनिधिले अधिवेशनमा नेतृत्व चयन गर्ने कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले बताए ।
अहिलेसम्म सभापतिमा खिलध्वज पन्थी र वेदबहादुर थापा मगरले उम्मेदवारी घोषणा गरेका छन् । पन्थी पौडेल र थापा देउवा पक्षधर हुन् । त्यस्तै उपाध्यक्षमा अनन्तराम पौडेल र झबिन्द्र विकले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सचिवमा भगतसिंह खड्का, पूर्ण केसी, जगदीश भट्टराई र थम्मनबहादुर केसीले उम्मेदवारी घोषणा गरेका छन् । सहसचिवमा रेशम कुँवर, धर्मराज पान्डेय, निरोज मरासिनी, छबिलाल पान्डेयले उम्मेदवारी दिएका छन् ।
कांग्रेस जिल्ला अधिवेशनमा झडप, तीन जना गम्भीर घाइते
नेपाली कांग्रेस दार्चुलाको अधिवेशनका क्रममा मतगणना स्थलमा दुवै पक्षबीच झडप भएको छ ।
कांग्रेस दार्चुलाको सभापतिमा वर्तमान सभापति ललित सिंह बोहरा र पार्टी उप–सभापति एवं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामी चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि विहीबार मतदान भएको थियो ।
मतदान स्थलमा एक अर्काे पक्षविरुद्ध नाराबाजी भएपछि विहीबार राती दुबै पक्षबीच झडप भएको हो । झपडमा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुष्करसिंह ऐरीले जानकारी दिए ।
धामी पक्षका कार्यकर्ता राजेन्द्र विष्ट, सुरेश विष्ट र बसन्तबहादुर चन्दको टाउकोमा गम्भीर चोट लागको छ । गम्भीर घाइते तीनै जनालाई उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पतालका इमरजेन्सी शाखाका स्टाफ नर्स मञ्जु भट्टले जानकारी दिइन् ।
झडपमा संलग्न पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ऐरीले बताए ।
बोहराको अग्रता
विहीबार सम्पन्न मतदानको आज विहानदेखि मतगणना सुरु गरिएको छ । क्षेत्र ‘क’ को चार सय मत गणना भएको छ । जसमा सभापति पदमा ललित सिंह बोहराले २ सय ८० र अमरसिंह धामीले १ सय १२ मत प्राप्त गरेका छन् । क्षेत्र ‘क’ बोहराको गृह क्षेत्र भएकाले अग्रता देखिएको छ । क्षेत्र ‘ख’ धामीको गृह क्षेत्र भएकाले सभापति पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
विहीबार भएको निर्वाचनमा कुल १ हजार ४३ मतमध्ये ९ सय ५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिए । दार्चुला जिल्लाको क्षेत्र नम्बर (क) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मत र क्षेत्र नम्बर (ख) का ५ सय ८७ मध्ये ५ सय ३८ मत खसेको अवस्थीले बताए ।