एमालेको महाधिवेशन ऐसिहासिक होस् : उपेन्द्र यादव 

शुक्रबार, मंसिर १०, २०७८

चितवन, १० मंसिर : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । 

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देश र जनताका लागि पनि एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिएका हुन् । 

राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उनले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर ऐतिहासिक बन्न सकोस् भनेर शुभकामना दिएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार