प्रधानन्यायाधी जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रधानमन्त्रीलाई बारको ज्ञापनपत्र

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं, १० मंसिर : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

जबराको राजीनामा मागेर एक महिनादेखि धर्ना र विरोध कार्यक्रम गर्दै आएको बारले राजनीतिक दललाई गुहारेको हो । जबरालाई महाअभियोग लगाएर हटाउन आग्रह गर्दै बारले शुक्रबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो । 

यसअघि बारले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई ज्ञापनपत्र बुझाएको थियो । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबन्डा खोजेको, न्याय सम्पादनमा अनियमितता गरेकोजस्ता आरोप लगाएर जबराको राजीनामा माग्दै बार आन्दोलनमा छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार