सानुराजा महर्जनद्धारा ललितपुर कांग्रेसको महानगर सदस्यमा उम्मेदवारी

शुक्रबार, मंसिर १०, २०७८

ललितपुर । नेपाली काङ्ग्रेस ललितपुरको सदस्य (महानगरपालिका) मा सुनाकोठीका सानुराजा महर्जनले उम्मदेवरी घोषणा गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाको अधिवेशन आज हुँदैछ । उनले रामकृष्ण चित्रकार समूहबाट उम्मेदवारी दिएका हुन् । जिल्ला कार्य समितिको सदस्य (महानगरपालिका) पदमा आफूले उम्मेदवारी दिएको उनले शब्दपाटीलाई जानकारी दिए । कांग्रेसका प्रतिनिधिहरुलाई आफूप्रति सद्भाव, सहयोग एवं अमुल्य मतको लागि हार्दिक अनुरोध गर्दछु उनले मतदानको अघिल्लो दिन नेता कार्यकर्तालाई अनुरोध गर्दै भने । ललितपुर जिल्ला कांग्रेसको अधिवेशन आज हुँदैछ । उम्मेदवारको मनोनयन आज सम्पन्न भइ भोलि शनिबार मतदान हुने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार