उर्मिला मातोंडकरलाई कोरोना, सुरक्षित रहन अपिल

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं :  बलिउड अभिनेत्री उर्मिला मातोंडकरलाई कोरोना संक्रमण भएको छ । उर्मिलाले आइतबार ट्विटरमार्फत आफूलाई कोरोना पजिटिभ भएको जानकारी दिएकी हुन् । उनले आफू होम क्वारिन्टिन्मा रहेको र स्वास्थ्य अवस्था सामान्य भएको बताएकी छन् । 

उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका मान्छेहरूलाई कोरोना परीक्षण गराउनसमेत अपिल गरेकी छन् । तिहारको बेला भएकाले सुरक्षित तवरले पर्व मनाउन पनि उनले अपिल गरेकी छन् । 

एक समयकी चर्चित र सफल अभिनेत्री उर्मिला पछिल्लो समय फिल्म अभिनयमा सक्रिय छैनन् । यद्यपि, उनी सोसल मिडिया तथा टेलिभिजनतिर भने उनको सक्रियता कायमै देखिन्छिन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार