पियूष बने डान्स दिवाने विजेता

सोमबार, असोज २५, २०७८

काठमाडौं : डान्सिङ रियालिटी शो 'डान्स दिवाने'को तेस्रो सिजनको विजेता पियूष गुर्बेले बनेका छन् । कलर्स टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको शोमा उनीसहित छ जना फाइनलमा पुगेका थिए ।

पियुसका पार्टनर बनेका रूपेश बाघमरे पनि खुसी छन् । सोहेल खान-विशाल सोनकर, गुञ्जन सिन्हा-सागर बोरा, अमनकुमार राज-योगेश शर्मा, सोमान्स डंगवाल-आकाश थापा, पीयूष गुर्बेले-रूपेश सोनी र सूचना चोर्ज-वैष्णवी पाटिल अन्तिम छमा पुगेका थिए । पियूष शोमार्फत नै आफ्नो लोकप्रियता कायम गर्ने प्रतियोगीमा पर्छन् ।

शोमा आउने हरेक गेस्टसँग उनले डान्स गर्ने गरेका थिए । उनलाई 'दिलीप कुमार'झैँ देखिएको प्रतिक्रिया सेलिब्रेटी गेस्टले दिने गरेका थिए । 

शो विजेता बनेसँगै पियूष-रूपेशले ४० लाख भारु नगद र मारुती सुजुकी एस्प्रेसो कार जितेका छन् । यस सिजनमा १८ डान्स दिवाने चयन भएका थिए । शोमा राघव जुयाल तथा हर्ष लिम्वान्चिया र भारती सिंहले होस्टको भूमिका निर्वाह गरेका थिए ।

यस्तै, शोमा माधुरी दीक्षित, धर्मेश येलांडे र तुषार कालिया निर्णायकका रूपमा रहेका थिए । तेस्रो सिजन ६६ एपिसोडसम्म प्रसारण भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार