कहिले आउँदैछ सञ्जय दत्तको 'मुन्ना भाइ एमबीबीएस' को तेस्रो सिरिज ?

सोमबार, असोज २५, २०७८

काठमाडौं : सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सन्जु’ले बक्स अफिसमा निकै कमाल गर्‍याे । राजकुमार हिरानी निर्देशित फिल्मले बक्स अफिसमा कमाल मात्र देखाएन, उनीप्रति दर्शकको मनमा श्रद्धा समेत बढायो । फिल्म हेर्नेले सञ्जयको जीवनलाई बुझे । त्यसपछि उनको फिल्म भटाभट बलिउडमा आयो । तर , कुनै फिल्मले दर्शकको साथ पाउँन सकेन किनकि फिल्मको कन्टेन्ट राम्रो थिएनन् ।

पछिल्लो समय सञ्जय आफैँले निर्माण गरेको फिल्म ‘प्रस्थानम’ ले समेत दर्शको माया नपाएपछि उनी यतिबेला ‘मुन्ना भाइ चले अमेरिका’ मा काम गर्ने बनाएका छन् । उनले आफ्नो नजिकका निर्देशक हिरानीलाई फिल्मलाई सक्दो चाडो फ्लोरमा लैजाने गरी काम गर्न आग्रह समेत गरेका छन् । हिरानीको डेब्यु फिल्म मुन्ना भाइ एमबीबीएस थियो र त्यसपछिको दोस्रो लगे रहो मुन्ना भाइ । यी दुई फिल्मले सञ्जय दत्तको छवि मात्र बदलिएन, बलिउडमा धर्मराएको करियरलाई अगाडि बढायो ।

करियरमा पहिलो फिल्ममा काम गरिदिएकाले नै निर्देशक हिरानीले  सञ्जयलाई लिएर फिल्म गर्ने तयारी गरेका छन् । दर्शकसमेत तेस्रो सिरिजको प्रतिक्षामा छन् । पहिलो र दोस्रो सिरिजले तानिएका दर्शक अब तेस्रो सिरिजको पर्खाइमा छन् । र , फिल्मको तयारी पनि सुरु नभएको होइन । तर तेस्रो सिरिजको चर्चा चल्दै गर्दा सञ्जय जेल परे । त्यसपछि फिल्मको काम रोकियो तर दर्शकलाई यतिबेला पनि फिल्मको प्रतिक्षा छ । 

दर्शककै प्रतिक्षालाई ध्यानमा राखेर निर्देशक हिरानीले लेखक अभिजात जोशीसँग काम अगाडि बढाइरहेको खबर बेलाबखतमा आउने गरेको छ । यद्यपि यस विषयमा हिरानीले आधिकारिक रुपमा केही बताएका छैनन् ।

तत्कालीन समयमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्ने कथा रहे पनि यतिबेला स्क्रिप्ट टिमले नयाँ कन्सेप्टमा काम गरिरहेको भारतीय  सञ्चारमाध्यमले उल्लेख गरेका छन् । निर्देशक हिरानीले केही नबताए पनि सञ्जयले भने आउँदो केही समयमै फिल्मलाई लिएर 'गुड न्युज' आउने बताएका छन् ।

'फिल्मलाई दर्शकले पनि चाहेका छन् , म पनि अभिनय गर्न तयार छु , निर्माता पनि तयार छन् , हिरानी पनि स्क्रिप्टमा काम गरिरहेका छन् अब भन्नुस फिल्म नबनेर भयो त ?,' सञ्जयले एक अन्तर्वार्तामा प्रतिप्रश्न गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार