ललितपुर महानगरले ग¥यो विदेश जानेलाई पनि खोपको व्यवस्था

प्रमुख प्रशासकीय अधिकृत भन्छन् ,‘जतिसक्दो छिटो सबैलाई महानगरले खोपको व्यवस्था गर्छ ’
सोमबार, साउन ४, २०७८

ललितपुर  । ललितपुर महानगरपालिकाले साउन ५ गते मंगलबार  स्वास्थ्यकर्मी, सफाईकर्मी विदेश जान भिसा लागेका व्यक्तिहरुलाई समेत जोन्सन एण्ड जोन्सन खोप लगाउने भएको छ । यसका साथै ५० देखि ५४ वर्ष उमेरसमूहकाले पनि खोप लिनसक्ने छन् । ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि खोप उपलब्ध हुने महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरको २९ वटै वडामा खोप केन्द्र राखिएको बताउँदै आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन अनुरोध गरे । ¥यापिड रेस्पोन्स टिमका संयोजक समेत रहेका उनले महानगरमा बसोबास गर्ने सबैलाई जतिसक्दो छिटो क्रमशः खोप व्यवस्था गर्न महानगर सक्रिय रहेको बताए । खोप लगाउन जाँदा सम्बन्धित व्यक्तिले उमेर खुल्ने परिचयपत्र लिएर जानुपर्नेछ । 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  २०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार