कुचो र खरेटो

कविता
मंगलबार, असार २२, २०७८

कुचो र खरेटो

एऊटा घर को मूल लक्ष्मी नै हौ हामि

भन्न जादा कुचो र खरेटो।

तर घर को वरि - परि बड़ारी सके

पछि फालदिन्छन हामिलाई एऊटा

कूनोमा ...अनि कसैले पनि हेर्दैनन

फर्कीएर ।

खान मागछौं न त पीऊंन ,

बिहान र बेलुकी चै खोजीमा 

आऊछौ है...

कूनो- कोपचो सबै भयो कि छैन

भनदै सासू आमा ले हेर्नु हुन्छ ...

बुहारि ले पनि तेतै राम्रो संग

राखछिन मज्जले बड़ारि - कुड़ारी

आहा कतै सासू- बुहारि माजको

त्यों झटारों पो हून आटेऊ कि

जस्तै लागछ हामि लाई कहिले काई?

कतै दाज्यु- भाई को टी- सर्ट को खोजी को

हथियार ...हुंला जस्तै जस्तै लागछ पनि

आहा हा कति...कस्ता कस्ता छन हाम्रो नाता

लजाऊछौं कहिले काहि हामि सोचेर

फेरी बिहान हुन्छ , आनि‌ आऊछ फेरी बेलुकि

बड़ार - कुड़ार को लागि हामि खोजिनछौं

एस्तै कथा छ हामि दुई को 

ऐ अनि त्यो स्वच्छ भारत अभियान को

पनि हूं है पात्र हामि ... तीनै कुचो र खरेटो

आहा कति नेता हरु ले एऊटै ठाऊमा 

बड़ारी राखेको पनि देखिनन्छन ...

कसैले चै हामि दुवै लाई बोकी 

कीच्च दांत निकालेर फोटो खींचाऊन व्यस्त 

हुन्छन...हाम्रो ...

आहा कति अपार महिमा छ है 

हामि ...कुचो र खरेटो को

अचेल बिभीन्न डीजाइन मा 

रूप फेरी- फेरी आऊछौं हामि

धेरै टिकने प्लास्टिक को पनि बनिएर

बेचनेले हजुर यो मजबुर र टिकाऊ छ...

भन्छन ...हामि लाई...

हामि दुई चै खित्का छोड़ेर हासछौं

मान्छे हरु को व्यवहार र 

न टिकने रिस्ता - नाता देखेर

एस्तै छौं है हामि ...दुई

...कुचो र खरेटो....

 

 

 

हिरनमयी, गुवाहाटी ,असम, भारत

 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार