आजदेखि सुरु भएको एसइइ परीक्षामा ५ लाख भन्दा बढी विद्यार्थि सहभागी

बिहीबार, चैत १९, २०८२

काठमाडौं । यसवर्षको एसइइ परीक्षा आज बिहीबारबाट सुरु भएको छ । यसवर्षको एसइइ परीक्षामा देशभरबाट ५ लाख भन्दा बढी विद्यार्थि सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी भएको बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परीक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परीक्षा दिएका छन् । बिहान ८ बजेदेखि ७७ वटै जिल्लामा सुरु भएको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार