सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णालीमा एक सय ६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ति परीक्षा केन्द्रहरुमा कर्णालीका ३८ हजार विद्यार्थी परीक्षा दिने भएका छन् । एसईईका लागि सबै भन्दा धेरै सुर्खेतबाट नौ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट छ सय ७४ विद्यार्थी परीक्षमा सहभागी हुने शिक्षा बिकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमूख खिमप्रसाद ढकालले जानकारी दिए । एसईईका लागि सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र निर्धारण गरिएको छ । दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिमबाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यस्तै जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् । चैत्र १९ गतेदेखि हुने एसईई परीक्षमा कर्णालीका ३२ हजार २५५ नियमित र छ हजार १२४ जनाले ग्रेडबृद्धि गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।